हरेक बर्ष खडेरीले सास्ती खेपिरहेका किसानहरुको राहतको लागि जीतपुरसिमरा उपमहानगरपालिकाले खेत खेतमा सिँचाई बिद्युतिकरणको आयोजाना अघि सारेको छ ।
बिद्युत प्राधिकरणका कर्मचारीहरु वडा वडामा घुमी सर्भेको काम गरिरहेका छन् ।नेपाल बिद्युत प्राधिकरण काठमाडौँ र उपमहानगरपालिकाको साझेदारीमा योजना कार्यान्वयन गर्ने योजनामा उपमहानगरपालिका लागि परेको प्राबिधिक शाखाका ईन्जिनीयर संजिब रुपाखेतीले जानकारी दिए ।
वडा नं.१७,१८,१९,२० र २४ मा सिँचाई बिद्युतिकरण गर्नकोलागि उपमहानगरपालिकाले ३ करोड रुपैया छुट्याएको छ ।उक्त बजेट कार्यान्वयन गर्दा अपुग हुन आउँने रकम बिद्युत प्राधिकरणले ब्यवहर्ने सहमती भएको छ ।
कलैया बिद्युत बितरण केन्द्र अन्तर्गत पर्ने यी वडाहरुमा प्राबिधिकहरु सर्भे गरी प्राबिधिक रिपोर्ट सहित कुल लागत अनुमान गरेर नेपाल बिद्युत प्राधिकरण काठमाडौँलाई पठाउँने कलैया बिद्युत बितरण केन्द्रका प्रमुख ऋतिक बर्णवालले जानकारी दिए ।
रिपोर्ट हेरेर कति लागत उपमहानगरपालिकाले र काति लागत प्राधिकरणले ब्यहोर्ने कुराको निर्धारण हुने बताए । यो आयोजना अन्तर्गत जडान हुने मिटरमा उठ्ने बिद्युत बिलको रकम पनि नगरपालिकाले नै तिर्ने कलैया बिद्युत बितरण केन्द्रका प्रमुख बर्णवालले बताउँनुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाले ल्याएको सिँचाई बिद्युतिकरणको आयोजना किसानकोलागि धेरै लाभदायीक भएको र यसबाट धरै किसान लाभन्वित हुने बिश्वास उहाँले ब्यक्त गर्नुभयो ।

