निःशुल्क माटो परिक्षण शिविरमा सम्पन्न

साझेदारी दैनिक
594 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिको वडा नं.१८ को बडहर्वामा आयोजना भएको निःशुल्क माटो परिक्षण शिविरमा सम्पन्न भएको छ ।
माटो तथा मल परिक्षण प्रयोगशाला राजविराजले शुक्रवार आयोजना गरेको उक्त परिक्षण कार्यक्रममा जीतपुरसिमरा वडा नं.१७ र १८ का १ सय ४१ जना किसानले माटो परिक्षण गराएका थिए ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको सहजिकरण एवं कृषि ज्ञान केन्द्र बाराको सहभागितामा प्रयोगशालाले सहकारीका कृषि प्राविधिकहरुको समुहले संकलन गरेको माटो परिक्षण गरेको हो ।

शिविरमा किसानहरुको खेतबाट संकलित माटोको नमुना परिक्षण गरिएको थियो । सो क्षेत्रमा प्रदेश नम्बर २ कै सवैभन्दा उत्कृष्ट माटो फेला परेको प्रयोगशालाका प्रमुख एवं माटो विज्ञ सुनिल कुमार सिंहले बताएका छन ।

नतिजाले यसक्षेत्रका किसानले खेतमा प्राङ्गारिक मलको प्रयोगमा विशेष ध्यान दिने गरेको देखिएको प्रमुख सिंहले जनाए । यस्तै रसायनिक मल सन्तुलित रुपमा प्रयोग भएको, माटोमा शुन्य देखी १४ प्रतिशत अम्लीय पदार्थ हुने गरेको पाईएको कार्यालयले जनाएको छ ।

Leave a review

This will close in 0 seconds