साहारा मल्टिपर्पसको अपरेटिभको २१ औ बार्षिक साधारण सभा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
528 पाठक संख्या

सिमरा: धिरेन्द्र पनुहर/ साहारा मल्टिपर्पसको अपरेटिभ सोसाइटी लि. सिमरा सेवा केन्द्रको २१ औं वार्षिक साधारण सभा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

साहारा मल्टिपर्पसको अपरेटिभ सोसाइटी लि. सिमरा सेवा केन्द्रको २१ औं वार्षिक साधारण सभा सम्बन्धि छलफल कार्यक्रम संचालक समितिका सदस्य संजय चौधरीको सभापतित्वमा बाराको सिमरामा रहेको होटेल सम्याकमा सम्पन्न भएको हो ।

प्रमुख अतिथि एवम् संस्थाका मुख्य प्रबन्धक सुनिल कुमार गुप्ताले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

प्रमुख अतिथी समेत रहनुका मुख्य प्रबन्ध गुप्ताले यस सेवा केन्द्र सिमराका सेयर सदस्यहरुको मेहनतले गर्दा यो संस्थालाई यहाँ सम्म पुर्याउनु भएकोमा धन्यवाद र अभार प्रकट गर्नुभयो।

अहिले आर्थिक मन्दिको कारणले गर्दा इच्छा अनुसारको योजनाहरु ल्याउन नसकेको र आउने दिनमा नयाँ नयाँ कार्यक्रम र योजनाहरु ल्याउने प्रतिबद्धता व्यक्त गर्नु हुँदै सम्पुर्ण बचत कर्ताहरुलाई ढुक्कसँग बचत गर्न आग्रह समेत गर्नु भयो ।

उक्त कार्यक्रममा असल ऋणिहरु छोटेलाल महतो,मन्जु यादव त्यस्तै असल बचत कर्ताहरु रामबिकास चौरसिया,पुजा चौधरी,शर्मिला साह ठकुरी,भवानी यादव,नारायणी देवी लगायतको लाई सम्मान गरिएको थियोे ।

त्यस्तै समाजसेवी छबिलाल शर्मा,हरि थपलिया र पत्रकार धिरेन्द्र पनुहरलाई मायाको चिनो प्रदान गर्नु भएको थियोे ।

त्यसैगरी फिल्ड कर्मचारीहरु साहिल हुसेन राय,नसिमा खातुन र नागमा खातुनलाई प्रसंशा पत्र प्रदान गर्नु भएको थियो कार्यक्रममा संस्थाका सदस्य संजय चौधरीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।

सो कार्यक्रममा समाजसेवी छबिलाल शर्मा,हरि थपलिया,कृष्ण प्रसाद प्याकुरेल लगायतकोले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

यस संस्थाको २१ औं वार्षिक साधारण सभा यहि पुस २० गते शनिबार प्रधान कार्यलय मलङ्वा सर्लाहीमा हुने कार्यक्रम मार्फत जानकारी गराएको थियो ।

उक्त कार्यक्रममा यस सेवा केन्द्रका सेयर सदस्यहरु,बचत कर्ताहरु,ऋणि सदस्यहरु,समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेकोे थियोे ।

सिमरा सेवा केन्द्रका प्रबन्धक राधेश्याम राय अहिरले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य गङ्गा थापा कार्कीले राख्नु भएको थियोे ।

Leave a review

This will close in 0 seconds