माधोपुरमा गढीमाई मेला सुरु,मेयर यादवद्धारा पञ्चवर्षिय मेला उद्घाटन

साझेदारी दैनिक
388 पाठक संख्या

रौतहट: ओम प्रकाश यादव / रौतहटको माधवनारायण नगरपालिका -६ माधोपुरमा विहीवारदेखि पञ्चवर्षिय गढीमाई मेला सुरु भएको छ।

माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले गढीमाई मेलाको उद्घाटन गरेका छन्। माधोपुर गढिमाई मन्दिर परिसरमा आजदेखि सुरु भएको मेलाको मेयर यादवले औपचारिक रूपमा उद्घाटन गरेका हुन्।

बिहीवार साझ ७ बजेको समयमा आयोजित एक कार्यक्रमका बीच मेयर यादवले रिबन काटेर माधोपुर गढिमाई मेलाको उदघाटन गरेका छन्।

मेयर यादवले उद्घाटन गरेसँगै उक्त मेला विहीवारदेखि सुरु भएको छ। मेला मङसिर २४ गतेसम्म लाग्ने आयोजक मेला मूल सेवा समिति माधोपुरले जनाएको छ।

मेलामा आज रातिदेखि नाचको व्यवस्था गरिएको छ भने मेलामा राँगा,खसी,परेवा,हासको बलि दिइने छ। माधोपुरमा रहेको गढीमाई मन्दिरको प्राङ्गणमा विगत १५ वर्षदेखि प्रत्येक पाँच वर्षमा गढीमाईको मेला लाग्दै आएको छ।

यस वर्ष लागेको गढीमाईको यो तेस्रो मेला रहेको छ। यस गढीमाई मन्दिरमा दर्शन गर्न हजारौं दर्शनार्थी आउने गर्दछन् । भाकल पुरा हुनेहरूले पशु बलि समेत दिने गरेका छन्। यस मेलामा रौतहट सहित अन्य जिल्लाबाट हजारौंको संख्यामा भक्तजनहरू आउने गर्दछन् ।

मेला उद्घाटन कार्यक्रममा माधव नारायण नगरपालिकाको नगर उप प्रमुख निर्मला देवी रमण,वडा नं ६ का वडा अध्यक्ष रामनरेश राय,विभिन्न राजनीतिक दलका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रम सञचालन जसपा नेपालका वार्ड एकाई कमिटी माधोपुरका अध्यक्ष बिर्जन राय यादवले गरेका थिए ।

Leave a review

This will close in 0 seconds