जनकल्याण मध्यवर्ती सहकारीको २२ औं वार्षिक साधारणसभा सम्पन्न

रञ्जन यादव
411 पाठक संख्या

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाको २२औं वार्षिक साधारणसभा सिमरा कलेज परिसरमा सम्पन्न भएको हो। संस्थाकी अध्यक्ष कमला घिमिरेको अध्यक्षतामा सो सभा भएको हो।

बारा क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित मधेस प्रदेशका प्रदेश सभा सदस्य देव नारायण चौधरी कार्यक्रमका प्रमुख अतिथि रहेका हुन्।

२०८०–२०८१ मा संस्थाले करिब ४१ लाख नाफा गरेको संस्थाको प्रतिवेदनमा उल्लेख छ।

करिब १८ सय सेयर सदस्य रहेको उक्त संस्थाको कूल पूँजी १९ करोड रूपैयाँ रहेको छ। संस्थाको करिब पर्लस् सुचक लक्ष्य अनुरूपनै रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरिएको छ।

कार्यक्रममा जेष्ठ नागरिक सदस्य,असल बचत कर्ता,बाल बचत कर्ता,स्कुलका उत्कृष्ट विद्यार्थी,असल कारोबारी,असल बचत समुह र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुलाई दोसल्ला, प्रशंसापत्र र नगद सहित सम्मान प्रदान गरिएको छ।

उत्कृष्ट कर्मचारीका रुपमा सहकारीमा स्थापना कालदेखी नै कार्यालय सहायक सिर्जना थपलियालाई नगद रकम सहित सम्मान पत्र प्रदान गरिएको छ। नगर उप–प्रमुख भोला प्रसाद अधिकारीले एक व्यक्तिलाई एक वटा सहकारीमा मात्र आबध्द हुन जोड दिएका थिए ।

सहकारीलाई आफ्नो वार्षिक मुनाफाबाट सेयर सदस्यहरूलाई विभिन्न किसिमका सिपमुलक तालिम प्रदान गर्न अधिकारीले सुझाव दिए। उनले सहकारीको प्रगतिको कामना गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य चौधरीले मध्यवर्तीको नाममा आफ्नो सहकारीको नाम राखेपछी मध्यवर्ती क्षेत्रलाई जोगाउन आग्रह गरे ।

उनले पर्सा राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुलाई संरक्षण गर्न सहकारीले आफ्नो नीति तथा कार्यक्रम ल्याउन उनले सुझाव दिए।सहकारीले समाजमा राम्रो छाप बनाउदै गएको भन्दै सहकारीको प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उप–प्रमुख भोलाप्रसाद अधिकारी,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठ,बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर,जनहित उपभोक्ता समिति सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठ,राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख चन्द्रमणी भट्टराई लगायतको उपस्थिति रहेको थियो।

Leave a review