कलैया : नेपाल विधुत प्राधिकरण कर्मचारी युनियन कलैयाको सोमबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा अमिचन महतो चयन भएका छन् ।
युनियन कलैयाको उपाध्यक्षमा कन्हैया पाठक,सचिवमा सन्दिप लुईटेल,कोषाध्यक्षमा सृजना चौधरी,सह सचिवमा हरिशंकर बैठा चयन भएका छन् ।
युनियनको सदस्यमा अरबिन्द जयसवाल,दिपकप्रसाद साह,गोकुल प्रसाद आचार्य,कामेश्वर तिवारी,सतन ठाकुर हजाम,रामानन्द दास,पृथ्वीनारायण साह,प्रिन्स सिंह,जोखन दास,रंजिता तिवारी रहेका छन् ।
युनियनको सल्लाहकारमा रामसुन्दर दास,पन्नालाल प्रसाद यादव,पारस साह रहेका छन् । युनियनका केन्द्रिय अध्यक्ष रामेश्वर प्रसाद पौडेलको प्रमुख आतिथ्यमा केन्द्रिय बरिष्ठ उपाध्यक्ष केन्द्रबहादुर गुरुङ्गको बिशिष्ट आतिथ्यमा सो अधिवेशन सम्पन्न भएको हो।
उक्त अवसरमा युनियनका उपाध्यक्ष शिषनाथ चौधरी,महासचिव शिवराज भटृराई,सचिवालय सदस्य बिश्वनारायण मिश्र,युनियनका मधेश प्रदेश अध्यक्ष शन्तोषमान सिंह,प्रदेश सचिव राजकुमार यादव लगायतको विशेष उपस्थिति रहेको थियो।


