बारामा श्रोत नखुलेको १० लाख रुपैयासहित दुई जना पक्राउ

साझेदारी दैनिक
292 पाठक संख्या

कलैया । बारा प्रहरीले श्रोत नखुलेको १० लाख रुपैयासहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको कलैयाबाट विराटनगरतर्फ जाँदै गरेको म प्र ०३-००१ च ८०७३ नम्बरको पिकअप गाडीको सिट मुनी लुकाएर राखेको स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

जीतपुर सिमरा उपमहानगरपालिका- १६ पैनी टोलस्थित सडकबाट उक्त पिकअपसहित श्रोत नखुलेकोको रकम बरामद गरिएको हो ।

पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका- १ दोहरी टोलका ३२ वर्षीय अनिल पटवारी थारू र वीरगञ्ज महानगरपालिका- १५ लक्ष्मनवाका ३१ वर्षीय ओमप्रकाश यादव रहेको प्रवक्ता सापकोटाले बताए ।

उक्त दुबै जनालाई पक्राउ गरि थप अनुसन्धान कार्य भैइरहेको उनले बताए ।

Leave a review

This will close in 0 seconds