लाखौं मूल्य पर्ने अबैध घरेलु मदिरा प्रहरीद्वारा नष्ट

संदिप प्रसाद यादव
236 पाठक संख्या

कलैया : बारा प्रहरीले लाखौं मूल्य पर्ने अवैध मदिरा तथा मदिरा भट्टी नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक दिलिपकुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पाँच वटा अबैध मदिरा भट्ठी नष्ट गरेको हो।

महागढीमाई नगरपालिका वडा नं.३ रामटोलमा ३ वाट भट्ठी प्रहरीले नष्ट गरेको हो। महागढीमाई नगरपालिका वडा नं.१० ग्वासटोलमा २ वाट भट्ठी प्रहरीले नष्ट गरेको हो।

प्रहरीले चार लाख ८० हजार मूल्य पर्ने आठ हजार लिटर कच्चा पदार्थ नष्ट गरेको हो। प्रहरीले प्लास्टिकको ड्रम ठुलो र सानो गरी ११५ वटा तथा मदिरा तयार गर्ने मसिन ४ वटा प्रहरीले नष्ट गरेको हो।

Leave a review