ब्राइट ल्याण्ड बोर्डिङ स्कुलको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

संदिप प्रसाद यादव
593 पाठक संख्या

कलैया: कलैयामा ब्राइट ल्याण्ड बोर्डिङ स्कुलको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ बाईपास रोडमा रहेको ब्राइट ल्याण्ड बोर्डिङ स्कुलको २३ औं वार्षिकोत्सब तथा अभिभावक दिवस शुक्रबार एक कार्यक्रम बिच सम्पन्न भएको हो।

ब्राइट ल्याण्ड बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक रामधारी प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहले संयुक्त रुपमा पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए।

यस स्कुलले आउने वर्षदेखि ब्राइट ल्याण्ड टेकनिकल ईन्स्टिच्युटको नामबाट हेल्थ असिस्टेन्ट,फार्मेसी तथा सिभिल इन्जिनियरिङको पढाइ हुने संस्थापक मनोज यादवले बताएका छन्।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहले अत्यन्तै राम्रो गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उनले बताए।

उनले आजको युगमा प्रतिस्पर्धात्मक एवम गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताए । स्कुलले प्रदान गर्दै आएको शैक्षिक प्रणालीबाट आफू खुसी भएको उनले बताए।

उक्त कार्यक्रममा गोपाल सेवा समिति बाराका अध्यक्ष एवम् समाजसेवी जंगबहादुर यादव,जिल्ला विकास समिति बाराका पूर्व क्षेत्रीय अध्यक्ष शंकर यादव,कलैया उपमहानगरपालिकाका नगर सभा सदस्य एवम् वार्ड नम्बर १ का वडा सदस्य शशी दास,शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख प्रहलाद वर्णवाल,शाखा अधिकृत राजिव यादव,नेपाल पत्रकार महासंघ मधेस प्रदेशका कोषाध्यक्ष अनिल गौरव,स्कुलका संस्थापक सदस्य प्रतिमा यादव,प्रिन्सिपल आनन्द दास,उपप्राचार्य आरती दास,अभिभावक,विद्यार्थी तथा सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियोे।

सो कार्यक्रमको संचालन संस्थापक मनोज यादवले गरेका थिए।

Leave a review

This will close in 0 seconds