सशस्त्र प्रहरीले बाराले दशगजा क्षेत्रबाट लागु औषध सहित एक जना पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 414 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
सशस्त्र प्रहरीले बाराले दशगजा क्षेत्रबाट लागु औषध सहित एक जनालाई आज पक्राउ गरेका छ । लागु औषधसहित पक्राउ पर्नेमा विश्रामपुर गाउपालिका वडा नं. ३ मुसहर्वा बस्ने बर्ष १८ को धन्नजय यादब रहेका छन् ।

उनलाई सशस्त्र प्रहरी बलको सिमामा खटिएको टोलिले बिश्रामपुर गाउपालिका वडा नं.३ स्थित खुदियाटोला दशगजा क्षेत्रबाट लागु औषध सहित पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा लागु औषधमा नाईट्रोजेपान ६ सय वटा र विन क्रिेक्स १४७ बोटल रहेका छन् । सशस्त्र प्रहरिको विओपि बरैनियाबाट सशस्त्र प्रहरी निरिक्षक नारायण सिह ऐरीको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट लुकाई छुपाई नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा ब्यक्ती सहित लागु औषध नियन्त्रणमा लिएका सशस्त्र प्रहरी बल बाराका प्रमुख दिग बिजय सुबेदिले जानकारी दिनुभयो ।

थप अनुसन्धानकालागि पक्राउ परेका यादबलाई लागु औषधसहित जिल्ला प्ररी कार्यालय बाराको जिम्मा लगाईएको सशस्त्र प्रहरी उपरिक्षक सुबेदीले बताउँनुभयो ।

समाचार शेयर गर्नुहोस
Leave a review