स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि पालिका स्तरीय योजना निर्माण कार्यशाला गोष्ठी कोल्हवीमा शुरु

साझेदारी दैनिक
368 पाठक संख्या

कोल्हवी :धिरेन्द्र पनुहर / बाराको कोल्हवीमा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि पालिका स्तरीय योजना निर्माण कार्यशालाको दुई दिने गोष्ठी शुक्रबार देखि शुरु भएको छ।

कोल्हवी नगरपालिकाको आयोजना तथा तिलगंगा,दिघान्त र शिवम फर्मासिटिकलको सहकार्यमा उक्त कार्यक्रम रोजउड होटेल कोल्हबीको सभाहलमा पहिलो दिनको गोष्ठी सम्पन्न भएको हो।

कोल्हवी नगरपालिकाको मेयर रामप्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको उद्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले पानसमा बत्ती बालेर गरेका हुन्।

प्रमुख अतिथि मैनालीले कार्यशालाको उद्देश्यहरुको बारेमा प्रष्टाएका थिए। कार्यक्रममा बालरोग विशेषज्ञ एम.बि.बि.एस. डा. हरि बास्कोटाको विशेष भूमिका रहेको थियो।

गोष्ठीमा कोल्हवी,निजगढ,बारागढी र सिम्रौनगढका स्वास्थ्य शाखा प्रमुखहरूले आ.व.२०८०/०८१ को आ– आफ्नो पालिकाको स्वास्थ्य प्रोफाइल प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरी,सिम्रौनगढ नगर प्रमुख किशोरी साह,कोल्हवी नगरपालिकाकी उप– प्रमुख लक्ष्मी कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल,निजगढ नगरपालिकाकी उप–प्रमुख सोममाया तामाङ, बारागढी गाउँपालिका प्रमुख अशोक जयसवाल,कोल्हवी नगरपालिका १ का अध्यक्ष राजहरण चौधरी,२ का अध्यक्ष गोपालप्रसाद अधिकारी र ३ का अध्यक्ष किशुनदयाल चौधरी,५ का नन्दकिशोर चौधरी र ६ का दिनेश चौधरी लगायत कोल्हवी नगरपालिका,निजगढ,बारागढी र सिम्रौनगढ स्वस्थ्य शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियोे ।

कोल्हवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोज चौधरीले संचालन गरेको सो कार्यक्रममा स्वागत कोल्हबी नगरपालिकाकी उप–प्रमुख लक्ष्मी कुमारी चौधरीको थियो।

Leave a review