कलैया । गणतन्त्रको पक्षमा नेकपा एमाले बाराले बाराको कलैयामा शनिबार बृहत मोटरसाईकल र्याली प्रर्दशन गरेको छ ।
जिल्लाको सदरमुकाम कलैया स्थित सिद्धेशवर बिधालय परिषरबाट शुरु भएको मोटरसाईकल –यालीले कलैया नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो ।
नेकपा एमाले बाराका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेयको अगुवाईमा उतm मोटरसाईकल –याली प्रर्दशन गरेको हो ।
मोटरसाईकल–याली प्रदर्शन पश्चात कलैया स्थित भरत चोकमा कोण सभाको समेत आयोजना गरिएको थियो ।
कोणसभामा बारा क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य ज्वाला कुमारी साह,प्रदेश सभा सदस्य रबिन दास श्रेष्ठ,महमद समिर लगायतकाले मन्तब्य ब्यतm गरेका थिए।

