वीरगञ्जमा कर्फ्यु जारी

साझेदारी दैनिक
744 पाठक संख्या

कलैया । मधेश प्रदेशको एक मात्र महानगर तथा देशकै आर्थिक राजधानी वीरगञ्जमा शनिबार साँझ देखि कर्फ्यु जारी भएको छ।

हनुमान जयन्तिको शोभायात्रा निकाल्ने क्रममा छपकैया चोकमा दुई समुदायबीच झडप भएपछि स्थिति तनावपूर्ण हुदा नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जारी गरेको कर्फ्यु शनिबार साँझ साढे छ बजेदेखि तत्कालको लागि आइतबार मध्यान्हसम्म लागु रहने छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सो आदेश प्रजिअ अर्यालले जारी गरेका हुन्। पर्सा जिल्लाको वीरगंज महानगरपालिकाभित्र चार किल्ला तोकी सो आदेश जारी भएको हो।

चार किल्लाको सीमाना भित्र कसैले आवत जावत गर्न,कुनै पनि प्रकारको भेला,जुलुस,प्रदर्शन,सभा,बैठक,घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको हो।

पूर्वमा वीरगंज महानगरपालिका–१५ अवस्थित भेडियाही खोला, पश्चिममा वीरगंज महानगरपालिका– २५,सिर्सिया पुलसम्म उत्तरमा वीरगञ्ज महानगरपालिकाको गण्डक चौकसम्म,दक्षिणमा वीरगञ्ज महानगरपालिका शंकराचार्य गेटसम्म सो आदेश लागु भएको छ।

Leave a review

This will close in 0 seconds