कलैया । बारा प्रहरीले लागूऔषध गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित लल्का पुल स्थितमा विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय जितपुरको टोलीले शुक्रबार सोही स्थानका अन्दाजी २९ वर्षीय साजन पासवान र २५ वर्षीय विकास चौधरीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार पक्राउ परेका विकास चौधरीको साथबाट पाँच पुरिया लागूऔषध गाँजा (प्लास्टिकसहित २५.५३ ग्राम) तथा ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ (प्लास्टिकसहित १९० मिलिग्राम) बरामद गरिएको छ।
प्रहरीले लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सिमरामा राखेर थप अनुसन्धान गरिरहेको सूचना अधिकारी घलेले जानकारी दिएका छन्।


