हरियाली र चेतना अभिबृद्धि गर्न रामबनमा वृक्षारोपण

रञ्जन यादव
300 पाठक संख्या

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ स्थित जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह रामबनले रामबनका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

समुदायमा वातावरणीय चेतना अभिवृद्धि गर्ने र हरियाली संरक्षणको सन्देश प्रवाह गर्ने उदेश्यले रामबनमा बृक्षारोपण गरिएको हो । समूहले करिब एक सय वटा बिरुवा रोपेको जनाएको छ ।

बिरुवा रोप्ने कार्य समूहको कार्यालय पछाडि र विभिन्न फिल्ड क्षेत्रहरूमा सञ्चालन गरिएको थियो। वातावरण संरक्षण र हरियाली प्रवद्र्धनको उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रममा स्थानीय सरोकारवाला निकायहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

वृक्षारोपण कार्यक्रममा जनहित उपभोक्ता समिति, सिमराका अध्यक्ष अमृत लाल श्रेष्ठ, जनजागरण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह रामबनका अध्यक्ष ईश्वर प्रताप लामा, वडा नं.३ का कार्यबाहक वडा अध्यक्ष माया बि.क. ,नेकपा एमालेका वडा कमिटी अध्यक्ष शुक्र श्रेष्ठ ,नगर कमिटी सदस्य सर्मिला वाईवा ,समाजसेवी सोम बाहादुर लामा ,आरटि युवा क्लबका पुर्ब अध्यक्ष दिपक लामा लगायतको सहभागिता रहेको थियो।

Leave a review

This will close in 0 seconds