पञ्चामृत दुग्ध सहकारीको १० औँ साधारणसभा सम्पन्न

रञ्जन यादव
273 पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ स्थित पञ्चामृत दुग्ध उत्पादक सहकारी संस्था लिमिटेको १० औँ साधारणसभा आईतवार एक कार्यक्रमवीच सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले मैनबत्ती बालेर गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले जीतपुरसिमरा उपमहानगरपालिका किसान मैत्री बजेट निर्माण गर्न लागेको बताउँनुभएको छ ।

अगुवा किसानहरुलाई बजेट निर्माणमा किसानका के कस्ता कुराहरु समावेश गर्नुपर्छ,सल्लाह दिन उहाले अनुरोध गर्नुभयो ।

दुध र दुध जन्य परिकारहरुको बजारीकरणमा नगरपालिका गम्भिर रहेको बताउदै दुधको सेवन र दुधबाट बनेका बिभिन्न परिकारहरुको ब्राण्डिङ गरी बिक्रिबितरण गर्दा दुधको माग बढी हुनगई किसानले दुधको उचित मुल्य पाउँने नगरप्रमुख पौडेलको तर्क थियो ।

पञ्चामृत दुग्ध उत्पादक सहकारीका अध्यक्ष चुडाहरी अधिकारीकोले संस्थाको प्रगती प्रतिबेदन र अगामी योजना प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका कोषाध्यक्ष सन्तोष पाण्डेले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संंस्थाले आर्थिक बर्ष २०७९।०८० मा ९ लाख ८७ हजार ४ सय १८ रुपैया नाफा कमाउन सफल भएको उहाँले बताउँनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७,कोल्हबी नगरपालिका वडा नं.८ र करैयामाई गाउँपालिका वडा नं.१ कार्यक्षेत्र रहेको संस्था दैनिक रुपमा १ हजार देखि ११ सय लिटर सम्म दुध सङ्कलन गर्ने गरेको जनाईएको छ ।

सोही अवसरमा सहकारीले सबैभन्दा बढी दुध उत्पादन गरि बिक्रि गर्ने रामानन्द प्रसाद यादबलाई रु ५ हजारको चेक प्रदान गरी सम्मान गरिएको थियो । त्यस्तै संस्थाको तीन वटा सेवा केन्द्रबाट प्रथम र द्धितीय हुनेलाई पुरस्कृत गरिएको थियो ।

प्रथम हुनेलाई मिनरल ५ किलोग्राम र क्याल्सियम २ लिटर र द्धितीय हुनेलाई मिनरल ४ किलो ग्राम र क्याल्सियम एक लिटर प्रदान गरिएको थियो ।

संंस्थाको अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भोला प्रसाद अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष भिम बहादुर गंतान,नेरामावि रघुनाथपुर रामनगरकी प्रतिनिधि गिता कोईराला लगायतकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन शेयर सदस्य गजेन्द्र प्रसाद बरैले र स्वागत सहसचिव नोखकुमारी सुवेदीले गर्नु भएको थियो । साधारणसभा उद्घाटन कार्यक्रममा शेयर सदस्य तथा दुग्ध किसानहरुको सहभागिता रहेको थियो ।

Leave a review