कोल्हबी :धीरेन्द्र पनुहर / बाराको कोल्हवीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्हवीका निवर्तमान कार्यालय प्रमुख नन्देश्वर चौधरीको बिदाई बुधबार एक कार्यक्रमको बिच भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्हवीका संचालक समितिका अध्यक्ष राजहरण चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नगर प्रमुख रामप्रसाद चौधरीले प्राथमिक स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित बनाउनको लागि नगरपालिकाको स्रोत साधनले भ्याउने सबै सेवा सुबिधाहरु उपलब्ध गराउदै आएको र भबिष्यमा पनि सेवा सुबिधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसतै यस प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरुलाई यहाँ भएका स्रोत साधनको दुरुपयोग नगर्न समेत निर्देशन दिनुभयो ।
तेस्तै बिदाई हुनु भएका निवर्तमान कार्यालय प्रमुख नंदेश्वर चौधरीले आफ्नो मन्तब्य राख्नु हुदै पहिला यो सस्था कोल्हबी उप स्वास्थ चौकीको रूपामा कोल्हबी बजारमा संचालनमा रहेको थियो । तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री उमाकान्त चौधरीले स्तर उन्नति गरी प्राथमिक स्वास्थ केंद्रमा परिणत गरी मेरो पालामा सिलान्यास गर्नु भएको थियो त्यस पछि ठाउ अपुगको कारण कोल्हबी गाऊबासिहरुको सहयोगमा कोल्हबी गाऊबाट उतरको एलानी जग्गामा प्राथमिक स्वास्थ केंद्र भवन निर्माण गरी मेरो पालामा नै तत्काल खानेपानी मन्त्री उमाकान्त चौधरीको हाथबाट नै भवन उदघाटन गरिएको बताए।
सो अवसरमा कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरी , निवर्तमान कार्यालय प्रमुख नन्देश्वर चौधरी , रमपुर्वा हेल्थ पोस्टका निवर्तमान प्रमुख पुनित प्रसाद चौधरी , कोल्हवी नगर उधोग बाणिज्य संघका महासचिव शम्भु शाह , प्राथमिक स्वास्थ्य केन्द्र कोल्हवीका उपाध्यक्ष महालक्ष्मी पनुहर, कोल्हवि न पा. १ का वडा सचीव देवकान्त चौधरी , डा .राम सागर शाह, प्रसौना उप स्वास्थ्य चौकीका प्रमुख मोहन चौधरी , सपही उप स्वास्थ्य चौकिका प्रमुख पारस चौधरी लगायत कोल्हवी नगरपालिका अन्तर्गत रहेका हरेक उप स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्रका प्रमुखहरु तथा स्वमसेविकाहरुको उपस्थित रहनु भएको थियो ।

