पचरौतामा ब्रहमबाबा र दुर्गा मन्दिरको शिलान्यास

साझेदारी दैनिक
239 पाठक संख्या

कलैया : पचरौतामा ब्रहमबाबा र दुर्गा मन्दिरको वैदिक मन्त्रोच्चारण विच बिहीबार शिलान्यास गरिएको छ।

बाराको पचरौता नगरपालिकाको वडा नं. ७ बेनौलीमा ब्रहमबाबा र दुर्गा मन्दिरको शिलान्यास गरिएको हो। ब्रहमबाबा मन्दिरको शिलान्यास समाजसेवी शिवशंकर सिंहले गरेका थिए। दुर्गा मन्दिरको शिलान्यास वडा सदस्य गोखुल पण्डितले गरेका छन्।

उक्त दुबै मन्दिर ५०/५० लाख रुपैयाँ लागतमा निर्माण हुनेछ। पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंहले नगरपालिकाको धार्मिक तथा सांस्कृतिक विकासप्रति रहेको प्रतिबद्धताको अभिव्यक्ति भएको बताएका छन्।

धार्मिक पर्यटन, सांस्कृतिक पहिचान र सनातन धर्मको संरक्षणमा सहयोग गर्ने उनले जनाए। धार्मिक संरचना, सांस्कृतिक धरोहर र सामुदायिक स्थानहरूलाई निरन्तर प्रवद्र्धन गर्दै जाने बताए।

Leave a review