कलैया सिटी जेसिजको जेसिज इन्ट्रोडक्सन ट्रेनिङ सम्पन्न

संदिप प्रसाद यादव
485 पाठक संख्या

कलैया : कलैया सिटी जेसिजको जेसिज इन्ट्रोडक्सन ट्रेनिङ सम्पन्न भएको छ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ कृष्ण मन्दिर अवस्थित कलैया सिटी जेसिजको सचिवालयमा शुक्रबार एक कार्यक्रम बिच जेसिज इन्ट्रोडक्सन ट्रेनिङ सम्पन्न भएको हो।

सो तालिम कार्यक्रमका प्रमुख प्रशिक्षक कलैया सिटी जेसिज वर्ष २०२१ का अध्यक्ष शम्भु गुप्ताले दिएका हुन्। उनले तालिममा जेसिजको स्थापना,इतिहास,उद्देश्य, संरचना,कार्यप्रणाली सम्बन्धी जानकारी दिएका छन्।

साथै सदस्यहरूले कसरी नेतृत्व क्षमताको विकास गर्ने,सामाजिक सेवामा सक्रियता बढाउने,कसरी व्यक्तिगत र व्यवसायीक विकास गर्न सक्ने,विश्वव्यापी नेटवर्क भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।

कलैया सिटि जेसिज वर्ष २०२५ का अध्यक्ष ओमप्रकाश कुमार सरार्फको अध्यक्षतामा भएको कार्यक्रममा २०२२ का अध्यक्ष सन्दिप बरै,२०२३ का अध्यक्ष सुभाष जैसवाल,२०२५ का कार्यकारिणी उपाध्यक्ष संजय कुशवाहा,उपाध्यक्ष संदिप प्रसाद यादव,मुकेश कुमार स्वर्णकार,अर्बिन्द साह,कानुनी सल्लाहकार सन्दिप कुमार साह,कोषाध्यक्ष आदिल अन्सारी,डाक्टर प्रज्ञा अधिकारी,धिरेन्द्र यादव,अनुप कुमार राउत,रामस्वरुप प्रसाद साह तथा जेसिजका सदस्यहरु लगायतको उपस्थिति रहेको थियोे ।

सो कार्यक्रममा स्वागत मन्तव्य तालीम संयोजक सुरज कुमार गिरीको रहेको थियो भने कार्यक्रम संचालन कार्यकारिणी उपाध्यक्ष धर्मेन्द्र प्रसाद यादवले गरेको थियोे ।

Leave a review

This will close in 0 seconds