कलैयामा युवकमाथि निर्घात कुटपिट

साझेदारी दैनिक
740 पाठक संख्या

कलैया । बारामा एक युवकमाथि निर्घात कुटपिट भएको छ। जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २६ स्थित रामजानकी मन्दिर नजिक बिहिबार राति भएको कुटपिटमा परी एक युवक घाइते भएका छन्।

कलैया उपमहानगर- १४ बघवन निवासी जिउत साह गोठका २४ वर्षीय छोरा अनिल साहलाई कलैया उपमहानगर-२६ सिसवा निवासी २३ वर्षीय दिपेश यादवले निर्घात कुटपिट गरेका हुन्।

कुटपिटका क्रममा साहको टाउकोमा चोट लागी घाइते भएका छन। उनको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ भने अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन।

घटनापछि आरोपी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता पण्डितले जानकारी दिए ।

Leave a review