फेटा-गमहरिया-धर्मनगर क्षेत्र लगायतमा दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुने

साझेदारी दैनिक
255 पाठक संख्या

कलैया । बाराका विभिन्न क्षेत्रमा आज दिउँसो ३ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

टाटा प्रोजेक्ट द्वारा ११ के.भी. लाइन निर्माण कार्य भइरहेको हुँदा फेटा, गमहरिया, धर्मनगर, मटिअर्वा, निलकण्ठा र बसतपुर क्षेत्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत सेवा बन्द रहने नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार लाइन निर्माण कार्य सम्पन्न भएपछि सो क्षेत्रका उपभोक्ताहरूलाई विद्युत आपूर्तिमा सुधार र स्थायित्व आउने अपेक्षा गरिएको छ।

Leave a review