जुअवामा जारी फुटबल प्रतियोगितामा आयोजक बी र भोडहा क्लब बिजयी

साझेदारी दैनिक
372 पाठक संख्या

कोल्हवी : बिनिता चौधरी/ समृद्ध नेपाल क्लब कोल्हवी नगरपालिका – ३ जुअवाको आयोजनामा प्रथम समृद्ध कप खुल्ला नकाउट फुटबल प्रतियोगितामा शुक्रवार पहिलो राउण्डको खेल ओझेल क्लब टाँगीया बस्ती र भोडहा क्लब भोडहाको बिरुद्ध भएको थियो क्ष्

निर्धारित समयमा दुबै टिमले एक एक गोलको बराबरी गरे पछि खेल ट्राईबेकरमा धकेलेको थियो,जसमा भोडहा क्लब भोडहा बिजयी भएको हो ।

त्यस्तै दोस्रो राउण्डको खेल के टी एम सिटी एफसी काठमांडू र आयोजक क्लब बी टिमको बिच प्रतिसपर्धा भएको थियो । जसमा आयोजक क्लब ० को बिरुद्ध २ गोलले बिजयी भएको हो ।

प्रतियोगिता अन्तर्गत शनिबार पहिलो राउण्डको खेल हाम्रो बीरगंज क्लब पर्सा र जनशक्ति क्लब कोल्हवी र दोस्रो राउण्डको खेल आयोजक क्लब ए र जनमुखी युवा क्लब डूमरवानाको बिरुद्ध हुने आयोजक क्लबका संरक्षक प्रेमनारायण चौधरीले जानकारी दिनुभयो क्ष्

प्रतियोगिताको बिजेता टिमले नगद रु पैतीस हजार, शिल्ड मेडल र प्रमाणपत्र र उपबिजेता टिमले नगद रु बीस हजार,शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक कोल्हबी नगरपालिका वडा न ३ को वडा कार्यालय रहेको छ भने सहजकर्ता शान्ति बृद्धा फाउन्डेसन कोल्हबी रहेको छ ।

प्रतियोगितालाई सफल पार्न बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुले सहयोग गरी रहेका छन ।

प्रतियोगिताको मिडिया पार्टनर रेडियो पातालगंगा १०६.१ में . ह . कोल्हवी र मेडिकल पार्टनर तामागढ़ी होस्पिटल प्रा. लि. रहेको छ । सो प्रतियोगिताको फाइनल खेल कार्तिक २० गते हुने बताइएको थियो ।

Leave a review