पर्सामा कर्तव्य ज्यान मुद्दामा फरार रहेका साहजिम मियाँ पक्राउ

साझेदारी दैनिक
287 पाठक संख्या

कलैया । पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई बिहीबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.१७ बस्ने वर्ष २५ को साहजिम मियाँ अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरीनायब उपरीक्षक हरिबहादुर वस्नेतले जानकारी दिएका छन्।

मियाँमाथि पर्सा जिल्ला अदालतले ज्यान सम्बन्धी कसूर ( कर्तव्य ज्यान) मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँ कैद तथा जरिवानाको आदेश गरेकोमा उनी फरार रहेका थिए। उनलाई आफ्नै घरमा लुकिछिपि बसेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो।

२०७८।०१।०३ गते पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौ स्थित बस्ने वर्ष २२ की रबिना खातुनलाई दाईजोको बिषयलाई लिएर मानसिक यातना तथा कुटपिट तथा कर्तव्य गरी हत्या गरेको घटनामा संलग्न रहेको अभियोग उनीमाथि रहेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१७ अलौ स्थित साहजिम मियाँ अन्सारीको घर ठेगानाबाट नियन्त्रणमा लिइएको छ ।

Leave a review