कलैया : पत्रकारहरुका छाता सगठन नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसको अवसरमा महासंघको बारा शाखाले सोमबार एक कार्यक्रमवीच मनाएको छ । स्थापना दिवसको अवसरमा महासंघ बाराले कलैया स्थित प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ।
महासघले अस्पतालको इमर्जेन्सी, आईसीयू, महिला प्रसूति तथा जेनेरल वार्डमा भर्ना रहेका ६५ जना बिरामीलाई फलफूल वितरण गरेको शाखा उपाध्यक्ष पन्नालाल दासले बताएका छन ।
कार्यक्रमकै अवसरमा अस्पताल परिसरमै आयोजित कार्यक्रममा महासंघका केन्द्र,प्रदेश र जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । महासंघ जिल्ला अध्यक्ष रमेश सुवेदीको सभापतित्वमा उक्त फलफुल वितरण कार्यक्रम गरिएको हो ।
स्थापना दिवसको अवसरमा महासंघ केन्द्रीय कार्यालयले पनि सोमबार विभिन्न कार्यक्रम गरि मनाएको छ । महासंघका देशभरका सवै शाखा, प्रतिष्ठान शाखाहरुले पनि विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाएका छन ।

