टाटासुमोले ठक्कर दिदा एक पैदल यात्रुको घटनास्थलमै मृत्यु

साझेदारी दैनिक
477 पाठक संख्या

कलैया । बारामा टाटासुमोले एक पैदल यात्रिलाई ठक्कर दिदा एक जनाको गए राति ( बुधबार ) मृत्यु भएको छ।

मृत्यु हुनेमा परवानीपुर गाउँपालिका वडा नं. २ का ६५ वर्षीय गौरीशंकर साह रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बारा जिल्लाको परवानीपुर गाउँपालिका – २ मुसहरी स्थितमा रामपुर टोकनीबाट लिपनी तर्फ जादै गरेको ना १ ज ७३७३ न.को टाटा सुमोले साहलाई ठक्कर दिएको हो। सुमो बिजुलिको पोलमा समेत ठोकिदा पोल भाचिएको हो।

उक्त स्थानमा इलाका प्रहरी कार्यालय परवानीपुरबाट प्रहरी नायब निरीक्षक दिपक कुमार बस्नेतको कमाण्डमा खटिएको टोलिले टाटा सुमो चालक जिल्ला बाराको प्रसौनी गाउँपालिका-७ बलुवाका २२ वर्षीय राजन साह कानुलाई प्रहरीले नियन्त्रणमा लिइएको हो। उनलाई इलाका प्रहरी कार्यालय प्रसौनी बारामा ल्याई राखिएको छ।

प्रहरीका अनुसार शवलाई पोष्ट मार्टमको लागि प्रादेशिक अस्पतालमा ल्याइएको छ।

Leave a review