महामहोत्सवमा बाइजुराज महिला समितिद्धारा ३२ थान बल्याङ्केट सहयोग

साझेदारी डेलि
299 पाठक संख्या

निजगढ । बाराको निजगढ नगरपालिका वडा नम्बर –६ सडकटोल प्रणामी नगरमा यहि माघ २१ गतेदेखि २७ गते सम्म हुन गइरहेको श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव, १०८ पाठ पारायणमा श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति बाराका विभिन्न मन्दिर इकाइ समितिहरुले ३२ बल्याङ्केट सहयोग गरेका छन ।

शनिवार एक कार्यक्रमको आयोजना गरी उक्त बल्याङ्केट मुल समारोह समितिलाई हस्तान्तर गरिएको हो । बाईजुराज जिल्ला समितिको समन्वयमा सिंड्गोल बाईजुराज ईकाइबाट १२ थान, सिमरा बाईजुराज ईकाइबाट १० थान, मधुवन बाईजुराज ईकाइबाट ५ थान, पिलुवा बाईजुराज ईकाइबाट ५ थान गरी जम्मा ३२ थान बल्याङ्केट हस्तान्तरण गरिएको समितिकी जिल्ला अध्यक्ष मन्दिरा उप्रेतिले जानकारी दिनुभयो ।

महामहोत्सव अन्तर्गत १०८ पाठ पारायण, श्रीमद्भागवत कथा, धार्मिक प्रवचन तथा मन्दिर कलश अनावरण कार्यक्रम गरिने जनाईएको छ । धार्मिक, सांस्कृतिक र आध्यात्मिक महत्व बोकेको यस महोत्सवले यो क्षेत्रमा सामाजिक सद्भाव, नैतिकता र धार्मिक चेतना अभिवृद्धि गर्ने विश्वास लिइएको आयोजक समितिले जनाएको छ ।

सो अवसरमा बाईजुराज महिला समिति केन्द्रीय सदस्य सावित्री बराल तिमल्सीना, पुर्वजिल्ला अध्यक्ष ईन्दीरा बराल लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds