आमामाथि कुटपिट गरी भाग्दै गरेका युवक अफिमसहित पक्राउ

साझेदारी डेलि
426 पाठक संख्या

बारा । बारामा लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलीले आज बारा जिल्लाको फेटा गाउँपालिका–३ मा आफ्नै आमालाई कुटपिट गरी पोखरीतर्फ भाग्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले शरीर खानतलासी गर्दा उनको पाइन्टको पछाडिको खल्तीबाट लुकाईछिपाई राखिएको ०.९२० ग्राम अफिम जस्तो देखिने पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पक्राउ पर्नेमा फेटा गाउँपालिका–३ बस्ने मखन महतोका १९ वर्षीय छोरा सन्दिप महतो रहेका छन्।

पक्राउ परेका महतोलाई लागूऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds