पूर्व माओवादीका नेता कुशवाहा एमाले प्रवेश

रञ्जन यादव
461 पाठक संख्या

रञ्जन यादब/

चुनावको मुखमा नेकपा माओवादी केन्द्र परित्याग गरी जनमत पार्टी प्रवेश गरेका पूर्वसांसद शिवचन्द्र कुशवाहा विहिबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जनमत पार्टीबाट बारा क्षेत्र नं.२ मा भएको उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध लडेका थिए ।

गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा क्षेत्र नं. २ मा उम्मेदवार बनेका कुशावाह राउतमा राजनीतिक चरित्र नदेखिएको भन्दै केही समयअघि स्वतन्त्र बनेका थिए ।

कुशवाह बिहीबार एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूको उपस्थितिमा एमाले प्रवेश गरेका हुन् ।

उहाँलाई ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईलगायतका नेताहरूले स्वागत गरेका थिए ।

राउतविरुद्ध अभिव्यक्ति दिदै आएका कुशवाहालाई जनमत पार्टीले साउन ३ गते साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको थियो ।

Leave a review