पर्सामा लागुऔषधसहित चार जना पक्राउ

साझेदारी डेलि
86 पाठक संख्या

बारा । पर्सा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले आज प्रेस विज्ञप्ति जारी गर्दै लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार वीरगञ्ज महानगरपालिका-१६ स्थित शंकराचार्य गेट चेक प्वाइन्टमा भारतबाट नेपालतर्फ आउने पैदलयात्री तथा सवारीसाधनमाथि चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद गरिएको हो ।

पक्राउ पर्नेमा २६ वर्षीय पैयाल अन्सारी र ३४ वर्षीय संजय साह रहेका छन् । उनीहरूको साथबाट ०.१० मिलिग्राम खैरो हिरोइन र ४ ग्राम चरेस बरामद गरिएको प्रवक्ता बस्नेतले जानकारी दिएका छन् ।

यस्तै, पुनः गरिएको जाँचका क्रममा संजय साहकै साथबाट थप ३ ग्राम ४२ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको हो । त्यसैगरी, सोही अभियानअन्तर्गत २१ वर्षीय विशाल यादवलाई ०.४३ मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको उनले जानकारी दिए ।

पक्राउ परेका चारै जनामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताएका छन् ।

Leave a review

This will close in 0 seconds