नेपाल तेक्वान्दो संघको अध्यक्षमा गुरुङ चयन

साझेदारी दैनिक
213 पाठक संख्या

सौराहा : नेपाल तेक्वान्दो संघको चितवनको सौराहामा आइतबार सम्पन्न पाँचौ अधिवेशनले अध्यक्षमा दीपराज गुरुङ चयन गरेको छ।

गुरुङको नेतृत्वमा संघको उपाध्यक्षमा नन्दकुमार राई, दिलबहादुर ओली, भानुबहादुर चन्दलाई १९सदस्यीय कार्यसमिति चयन गरिएको छ।

कोषाध्यक्षमा कासिम मियाँले निरन्तरता पाएका छन्। कार्य समिति सदस्यमा गुरुप्रसाद गौतम, कुमार लामा घिसिङ, सुमन पराजुली, कोसिस खड्का, रवि थापा, मदन केसी, नन्दा बस्याल, टीकाप्रसाद लिम्बू, श्रीमान थापामगर, रामचन्द्र श्रेष्ठ, विजयकुमार न्यौपाने, बब्लु शिवाकोटी, प्रेमबहादुर भण्डारी र हेमन्त डांगी चयन भएका छन् । चन्द, बस्याल र श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य समेत रहेका छन्।

यता सदस्यमा निर्वाचित डांगीलाई नवनिर्वाचित अध्यक्ष गुरुङले संघको विधान बमोजिम महासचिवमा मनोनीत गरेका छन्। प्रमुख निर्वाचन अधिकृत सरोज पोखरेलले निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए। निर्वाचन अधिकृत चन्द्र राई, सानुबाबु केसी, निवर्तमान अध्यक्ष प्रकाश शमशेर राणा लगायतले पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेका थिए।

Leave a review