कलैया । जिल्ला प्रहरी कार्यालय बाराले सातवटा भारतीय मोटरसाइकल तथा सामानलाई नियन्त्रणमा लिई वीरगञ्ज भन्सार चलान गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराले एक सूचना जारी गरी यसबारे जानकारी दिएको हो।
विशेष सूचनाको आधारमा जाँच गर्दा बिल भरपाई भन्दा बढी र समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. ४ लाख ३० हजार ६ सय ५० रुपैया बराबरको विभिन्न सामानहरू सहित मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय विरगञ्ज,पर्सा पठाइएको छ।
कलैया उपमहानगरपालिका वडा नं. ०५ स्थितमा चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको ७ थान भारतिय मोटरसाइकल अं. मुल्य रु. एक लाख चालिस हजार रुपैयाँ बराबरको प्रहरी देखी मोटरसाइकल फाली मानिस फरार भएका छन्।
प्रहरीले बिआर २९ डि २५४३,बिआर ०६ ए.एच ७८१२,बिआर ०५ ए.डि ५०९५, बिआर ०५ जे ७७०३,युपिबि ५५९९,बिआर ३० डि ८५६८ र बिआर २८ बि ५७९४ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो।
बाराको महागढीमाई नगरपालिका वडा नं. ०२ इनर्वा टोलमा भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको बिआर ०५जे ९९१२ नम्बरको मोटरसाइकलमा लोड रहेको ६४हजार छ सय ५० रुपैयाँ बराबरको चिनि,खाने तेल,सरफ,साबुन नियन्त्रणमा लिएको छ।
प्रहरी टोलीलाई देखी उक्त सामान सहित मोटरसाइकलसमेत सोही स्थानमा फाली मानिस फरार भएका छन्।
उक्त सामानहरु सहित नियन्त्रणमा लिई
आवश्यक कारवाहीको लागी भन्सार कार्यालय वीरगञ्ज पठाइएको बारा प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढले बारा,सिम्रौनगढ नगरपालिका वडा नं. ०६ अमरपुर टोल स्थितमा भारतबाट नेपालतर्फ भंसार छली ल्याउदै गरेको सामान बरामद गरेको छ।
बिआर ०५टी १९२७ नम्बरको मोटरसाइलकमा लोड रहेको दुई लाख २६ हजार बराबरको सिलिकन कपडा,भेष्ट,हाल्फ सर्ट ईत्यादि प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी टोलीलाई देखी उक्त समानहरू सहित मोटरसाइकल सोही स्थनमा फाली मानिस फरार रहेकोले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


