आफ्नै साथीले एक करोडभन्दा बढी ठगी गरेको व्यवसायी साहको आरोप, आफ्नो चरित्रहत्या गर्न खोजिएको अन्सारीको दाबी

साझेदारी डेलि
398 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 43;

कलैया । बारामा आर्थिक कारोबार र घरजग्गा सम्बन्धी विवाद सार्वजनिक भएपछि व्यवसायी बिरेन्द्र साह कानु र आन्तरिक राजस्व कार्यालय वीरगञ्जमा कार्यरत नायब सुब्बा नैमुदिन अन्सारीबीच आरोप–प्रत्यारोप चुलिएको छ । दुवै पक्षले आ–आफ्नो दाबी सार्वजनिक गरेका छन् ।

कलैया उपमहानगरपालिका–३ भवानीपुर घर भई हाल सिमरामा “घरआगन स्वीट्स” सञ्चालन गर्दै आएका व्यवसायी बिरेन्द्र साह कानुले मंगलबार पत्रकार सम्मेलन गर्दै आफू आफ्नै मिल्ने साथीबाट ठगिएको बताएका हुन् ।

साहका अनुसार उनले अन्सारीसँग १७ लाख रुपैयाँ सापटी लिएका थिए र त्यसको मासिक ५१ हजार रुपैयाँ ब्याज नियमित नगद बुझाउँदै आएका थिए । उनले बैंकको कालोसूचीमा परेका कारण आपसी सहमतिमा सिमरास्थित १० धुर जग्गामा बनेको दुई तल्ले घर अन्सारीकी श्रीमती शब्नम खातुनको नाममा पास गरिएको दाबी गरे ।

उनका अनुसार जग्गा पास गर्ने दिन आधारको लागि मलाई अन्सारीले दिनुपर्ने एउटा ब्ल्याङ्क चेक, ३५ लाख रुपैयाँ बराबरको चेक तथा मेरो अर्को २५ लाख रुपैयाँको चेक आफ्नो नियन्त्रणमा राखेका थिए । अहिले भने अन्सारीले घरजग्गा आफ्नो भएको दाबी गर्दै १ करोड ४३ लाख रुपैयाँ मागिरहेको साहको आरोप छ ।

पत्रकार सम्मेलनमा भावुक बनेका साहले आफू १७ लाख सापटी र बैंकको ७० लाख गरी कुल ८७ लाख रुपैयाँ तिर्न तयार रहेको बताए । “मैले नलिएको पैसा कहाँबाट ल्याएर तिर्ने ? जसलाई आफ्नै मानें, उसैले मेरो घर खोज्यो,” उनले भने ।

साहले जिल्ला सरकारी वकिल कार्यालयमा कार्यरत सुलेमान अन्सारी र जिल्ला अदालत बारामा कार्यरत राजेश यादवले समेत आफूलाई दबाब र धम्की दिएको आरोप लगाए । साथै इलाका प्रहरी कार्यालय सिमरामा आफूविरुद्ध झुट्टा मुद्दा दर्ता गरिएको उनको भनाइ छ ।

यता, नैमुदिन अन्सारीले भने आफूमाथि लगाइएका सम्पूर्ण आरोप अस्वीकार गरेका छन् । उनले व्यवसायी साहले आफ्नो चरित्रहत्या गर्न खोजेको दाबी गर्दै चाँडै प्रमाणसहित पत्रकार सम्मेलन गर्ने बताएका छन् ।

अन्सारीले आफू कानुनी प्रक्रियाअनुसार अघि बढिरहेको बताउँदै वास्तविकता छिट्टै सार्वजनिक हुने दाबी गरेका

Leave a review

This will close in 0 seconds