स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

रञ्जन यादव
252 पाठक संख्या

जीतपुर : बाराको सिमरामा स्वास्थ्य परीक्षण तथा खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताहको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले उक्त कार्यक्रममाको आयोजना गरेको हो ।

सो अवसरमा ९जना महिला सहित ५१ जनाले रक्तदान गरेको उपमहानगरपालिको बाताबरण तथा बिपत ब्यवस्थापन शाखा प्रमुख ईन्जिनीयर पुष्पा सिँहले जानकारी दिईन् ।

रक्तदान गरेकाहरूलाई जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले प्रमाणपत्र वितरण गरेका थिए। स्वास्थ्य परीक्षण.जीतपुरसिमरा अस्पतालका मेडिकल सुपरिटेन्डेन डा.प्रकाश साहको नेतृत्वमा रहेको चिकित्सक टोलीले सम्पन्न गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी सिमरा उपशाखाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र,वीरगञ्जको प्राविधिक सहकार्यमा भएको हो ।

उक्त कार्यक्रमले नागरिकहरूमा स्वास्थ्यप्रति सचेतना र सामाजिक उत्तरदायित्व बढाउन सहयोग पुग्ने विश्वास जीतपुरसिमरा उपमहानगरपालिकाले लिएको जनाएको छ ।

Leave a review

This will close in 0 seconds