पर्सा । पर्सा प्रहरीले ३७० किलो लागूऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले बुधबार राती छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित पानी नभएको नहरको खाल्डोमा रहेको झाडीबाट २५ वटा प्लास्टिकको पोकामा लुकाइछिपाइ राखिएको अवस्थामा ३७० किलो लागूऔषध बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार उक्त लागूऔषध बरामद गरि सम्बन्धित ब्यक्तिहरुको खोजी कार्य जारी रहेको तथा थप अनुसन्धान कार्य भइरहेको छ।


