बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीचोकस्थित वीरगञ्ज-पथलैया सडकखण्डमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बुधबार बिहान वीरगञ्जबाट पथलैयातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०१९ प ६८३९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकछेउको रेलिङमा ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक पर्साको ठोरी गाउँपालिका–४ निवासी ४० वर्षीय ईश्वर श्रेष्ठको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका थिए।लागी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाइएपछि थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएको थियो।
नारायणी अस्पतालमा उपचारका क्रममा बिहान चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेका हुन्। मृतकको शव सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए।
उनका अनुसार दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ।


