कोरोनाका कारण पर्सामा एकैदिन एक महिला सहित ३ जनाको मृत्यु

साझेदारी दैनिक
साझेदारी दैनिक 449 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

राम मण्डल/
कोरोना संक्रमणका कारण पर्सामा एकै दिन एक महिला सहित तीन जनाको मृत्यु भएको छ ।कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ की ६५ बर्षिय एक महिला, ४३ बर्षका पुरुष एक पुरुष र वीरगञ्ज २२ मनियारीका ३७ बर्षका एक पुरष गरि तीनजनाको मृत्यु भएको नारायणी अस्पतालले जानकारी गराएको छ ।

६५ बर्षकी महिलाको शुक्रबार उपचारको क्रममा नारायणी अस्पतालमा साझ साढे ५ बजे मृत्युु भएको हो । उनी उच्च रक्तचापको समेत बिरामी थिइन् । यस्तै सोही स्थानका ४३ बर्षका पुरुषको अस्थायी कोरोना बिशेष हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

एचआईभी एडस र हेपाटाइटिस बि को समेत बिरामी रहेका ती पुरुषको नेशनल मेडिकल कलेजबाट रेफर भएर अस्थायी कोरोना बिशेष हेल्थ केयर अस्पतालमा आएको केही घन्टा पछि नै शुक्रबार राती ११ बजेर ५५ मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रबक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

यसैगरी वीरगन्ज उपमहागरपालिका वडा नम्बर २२ मनियारीका ३७ बर्षका पुरुषको भने हेल्थ केयरमा उपचार हुँदै आएकोमा त्यहाँबाट थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । थप तीनजनाको मृत्यु भएसँगै पर्सा जिल्लामा मात्रै कोरोना सँक्रमणका कारण ३४ ले ज्यान गुमाएका छन ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review