बारा । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री महम्मद समिरको पहलमा ‘एक निर्वाचन क्षेत्र, एक पुल’ कार्यक्रम अघि बढेको छ ।
बारा निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्यसमेत रहेका मन्त्री समिरले आफ्नो क्षेत्रसहित प्रदेशका विभिन्न स्थानमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै पुल निर्माणसम्बन्धी कार्यक्रम अघि बढाएका हुन् ।
सडक तथा पुल पूर्वाधारको विकासले स्थानीय नागरिकको आवागमन सहज बनाउनुका साथै कृषि उपजको ढुवानी, व्यापार व्यवसाय र समग्र आर्थिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विशेषगरी वर्षायाममा खोलानाला तथा नदीका कारण आवागमनमा समस्या भोग्दै आएका स्थानीय बासिन्दालाई पुल निर्माणले राहत पुर्याउने विश्वास गरिएको छ ।
‘एक निर्वाचन क्षेत्र, एक पुल’ कार्यक्रम कार्यान्वयनमा आएपछि प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा आवश्यक पुल निर्माणले गति लिने अपेक्षा गरिएको छ ।


