हुलास स्टिल दिवसको अवसरमा १२ सय बृक्षारोपण

साझेदारी दैनिक
273 पाठक संख्या

हुलास स्टिल दिवसको अवसरमा हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले सोमबार सड्क किनारमा बृक्षारोपण गरेको छ ।

हुलास स्टील्सले सिमरा–पथलैया सडक खण्डमा १२ सय वटा बिरुवा बृक्षारोपण गरेको हो । हुलास स्टील्सले आफ्नो सामाजिक उतारादायित्व अनुसार सोमबार करिब १२ सय बिरुवा पथलैया चौक सम्म रोपेको छ ।

हुलास स्टील्स बाट फलाम उत्पादन गर्ने क्रममा उद्योग बाट निस्किने प्रदुषणलाई कम गर्नको लागि करिब १२ सय बिभिन्न किसिमको बोटबिरुवा रोपेको हुलास स्टील्स सिमराले जनाएको छ ।हुलास स्टील्सले प्रत्येक बर्ष हुलास सिवासको अवसर पारेर बिभिन्न किसिमको कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ ।

हुलास स्टील्स को मुख्य गेट अगाडी बाट बृक्षारोपन सुरु गरेको र पथलैया चौक सम्म बृक्षा रोपन गरिएको उधोगले जनाएको छ । जीतपुरसिमरा उपमहानगरपालिकालाई हरियाली प्रवर्धन नीतिका साथै वातावरणीय संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले हुलास स्टील्सले वृक्षारोपण गरेको हुलास स्टील्सका बरिष्ठ प्रमुख प्रशासक लक्ष्मन गिरीले बताए ।

हुलास स्टील्सले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले वृक्षारोपण गर्दै वृक्षारोपण कार्यक्रमको सुरुवात गर्नु भएको थियो । वृक्षारोपण कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले हुलास स्टील्स हुलास दिवसको अवसर पारेर आयोजना गरेको वृक्षारोपण कार्यक्रम सराहनी रहेको र यसले बाताबरणमा प्रदुषणको मात्र समेत कम हुने बताएका छन ।

सफा र स्वच्छ वातावरण विकास गर्दै हरियाली प्रर्वद्धन र वायु प्रदुषण न्युनीकरण गर्न हुलास स्टील्सको वृक्षारोपण अभियानको थालनीले निकै मदत पुग्ने जीतपुरसिमरा नगरउधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए ।बारा पर्सा औधोगिक करिडोरका सभापति संजय साह लगायत हुलास स्टील्सका कर्मचारीहरुले बृक्षारोपन गरेको थिए ।

Leave a review

This will close in 0 seconds