गाँजा तस्करमाथि फौजीकारवाही, १ को मृत्यु, १ नियन्त्रणमा

साझेदारी दैनिक
712 पाठक संख्या

बाराको विभिन्न सीमा नाकाबाट लागु औषधको कारोबार फस्टाएकै बेलाप्रहरीको फौजीकारवाहीमागोलीलागेर बुधवार सिम्रौनगढ नगरपालिकाको मौवाहीगाउँमा एक जनाभारतीयगाँजा तस्करको बुधवार मृत्यु भएको छ भने एक जनाप्रहरीको नियन्त्रणमा परेको छ । फौजीकारवाहीमामारिने र नियन्त्रणमा आउने दुबै भारतीयनागरिक हुन् । दसगजाभन्दा केहीकिलोमिटर पारि यो घटना भएको हो ।

भारत तर्फ लागु औषधगाँजा तस्करीगर्ने भारत विहारको भेलवा घर भएका ३५ बर्षीय लखिन्द्र महतो कहारको प्रहरीको जवाफीकारवाहीमामृत्यु भएको रपिप्रागाउँका४० बर्षीय हृदेश गिरीनियन्त्रणमा परेको प्रहरी जनाएको छ ।उनीहरुबाट७५ केजीतयारी गाँजा र एक थानमोबाइलप्रहरीले बरामदभएको छ । तस्करीमा संलग्नअन्यकेहीजना फरार भएको उनले जानकारी दिए ।

मृतकको ढाडमागोलीलागेको छ ।गाँजा तस्कर कहारको उपचारको क्रममाकलैया अस्पतालमा मृत्यु भएको हो । सिम्रौनगढ इलाकाप्रहरी कार्यालयकाप्रहरी निरिक्षक दिपकसुवेदीकाअनुसार गाँजातस्करहरु नेपालबाटगाँजाभारत तर्फ पुर्याइरहेको अवस्थामाफौजीकारवाहीभएको हो । प्रतिरक्षामागोलीचलाउँदाएकको मृत्यु हुनगएको प्रहरीको भनाइ छ ।

मृतकगाँजाको काराबारी रहेको बताइएको छ । नियन्त्रणमा परेकालखिन्द्र भरियाको कामगर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरी निरिक्षक सुवेदीले बताए । उनीहरु पेशेवर गाँजा तस्कर रहेको प्रहरीको दाबी छ ।

Leave a review