वीरगञ्जबाट चरेश किनबेच गर्ने गिरोहका तीनजना पक्राउ

राम मण्डल
339 पाठक संख्या

चरेश किनबेच गर्ने गिरोहका तीनजनालाई पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।

प्रहरीले गिरोहका सदस्य भारत विहार जिल्ला सिवान बस्ने २४ वर्षीय महम्मद आलम, सोही स्थानका २२ वर्षीय आरिफ राजा र धादिङ गजुरी गाउँपालिका–८ बस्ने २९ वर्षीय सुरेश तामाङलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–१६ रजत जयन्ती चोकमा जाँच गर्ने क्रममा प्रहरीले आलमलाई स्रोत नखुलेको साढे दुई लाख रकम सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका आलमलाई सोधपुछ गर्नेक्रममा उनी चरेश खरिद गर्न आएको खुलेपछि प्रहरीले वीरगञ्ज महानगरपालिका–८ स्थित नारायणी गेष्ट हाउसबाट तामाङ र भारतीय नागरिक राजालाई १२ के.जी.२४० ग्राम चरेशसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

पक्राउ परेका तीनैजनालाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको उनले जनाए ।

Leave a review

This will close in 0 seconds