धिरेन्द्र पनुहर
कोल्हवी, २२ असोज
बारा निर्वाचन क्षेत्र नम्बर १ को कोल्हवीमा उम्मेदवारी दर्ताका विषयहरुमा आज सर्वदलिय वैठक सम्पन्न भएको छ ।
वैठकले भोली आईतवार हुने मनोनयन दर्ताका विषयमा छलफल भएको थियो । वैठकले विभिन्न राजनीतिक दलका उम्मेदवारहरुको उम्मेदवारी दर्ताको समय तालिका निर्धारण गरेको छ ।
मनोनयनपत्र दर्ताको समय बिहान १०.०० देखि ५.०० सम्म रहने निर्वाचन अधिकृत कैलास केसीले बताएका छन । जसअनुसार नेपाल सुशासन पार्टीलाई बिहान १० बजे, हार्मो नेपाली पार्टीलाई ११.०० बजे, नागरिक उन्मुक्ति पार्टीलाई अपरान्ह १२.५ बजे, नेकपा माओवादी केन्द्रलाई १२.३०बजे, जनमत पार्टीलाई दिउसो १.०० बजे, समय निर्धारण गरिएको निर्वाचन अधिकृत केसीले बताएका छन । यस्तै लोसपालाई १.३० बजे, नेकपा एमालेलाई २.०० बजे, जसपालाई २.३० बजे, नेपाली काँग्रेसलाई ३.०० बजे, संघीय समाजवादीलाई ४.०० बजे र राप्रपालाई ४.३० बजे समय निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बारा निर्वाचन क्षेत्र नम्बर १ को कोल्हवीमा सर्वदलिय वैठक सम्पन्न
Leave a review
Leave a review

