बारा प्रहरीले २५ किलो चाँदीका गरगहना सहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने वर्ष ३२ को ईन्द्रदेव प्रसाद यादव र जिल्ला बारा प्रसौनि गाउँपालिका वडा नं.६ बस्ने वर्ष ३८ को वकिल अँसारी रहेका छन ।
प्रहरीले प्राप्त सूचनाको जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कलैया–मटिअर्वा सडक खण्ड अन्र्तगत कलैया उपमहानगरपालिका वडा नं.११ विश्वम्भरपुर टोलान चेकजाँजको क्रममा पक्राउ गरिएको हो ।
उनीहरुले ना ६१ प ७२०४ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको २५ किलो ग्राम चाँदीको तयारी गहना (पाउजु, झुम्का, सिक्रि समेत) सहित प्रहरीले बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवैजनलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय बिरगंज पठाईने जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता एवम् डिएस्पी गौतम मिश्रले जानकारी गराएका छन ।