बारा प्रहरीले चोरीका १२ वटा मोटरसाइकलसहित सात जना चोरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जिल्लाको विभिन्न स्थानबाट चोरी भएको १२ थान मोटरसाइकलसहित सात जनाको गिरोहलाई नियन्त्रणमा लिइएको हो ।
मोटरसाइकल चोरीको आरोपमा बाराको सिमरा उपमहानगरपालिका वार्ड नम्बर १६ मा बस्ने हिरालाल वाईबाको छोरा वर्ष १९ को विर्धोज वाईवा,रौतहटको चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर २ मा बस्ने नेत्र बहादुर बलोनको छोरा वर्ष २६ को पंचालाल बलोन,बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा बस्ने बाबुलाल बोम्जनको छोरा वर्ष १९ को सुदर्शन बोम्जन,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २० मा बस्ने मदन महतोको छोरा वर्ष २० को दिपेन्द्र कुमार महतो,कलैया
उपमहानगरपालिका वार्ड नम्बर २० मा बस्ने जगरनाथ महतोको छोरा वर्ष १९ को राधेश्याम महतो,सोही ठाउँका नवल किशोर साहको छोरा वर्ष २१ को सतेन्द्र कुमार गुप्ता र महागढीमाई नगरपालिका वार्ड नम्बर ९ मा बस्ने सिकिन्दर महतोको छोरा वर्ष २० को राजिनन्द महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
चोरी भएका बा २६ प ७७५३,ज ११ प ८४९५,ना ५१ प २७९०,ना ५२ प ७१३२,बिआर ०५ एफ ०६०३,बीआर ०५ ए ९०६२, ,ना ४१ प ८४६८,बा ९० प ५००८,मधेश प्रदेश ०३ -०२६ प ९९५६,बा ६४ प ४६८४ र दुईवटा अन टेस्ट नयाँ मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चोरी भएको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा विभिन्न समयमा मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई चोरी तथा डाँकासम्बन्धी मुद्दा बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक बोगटीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले बिहीवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

