हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको ट्रक नियन्त्रणमा

राम मण्डल
328 पाठक संख्या

८१ लाख ५६ हजार ९४३ बराबरको बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना.५ ख ३०२८ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालिका–२१ हनुमान चोक स्थित सडकखण्डमा रोकेर प्रहरीले ट्रकको जाँच गरेको थियो ।

जाँचको क्रममा उक्त ट्रकमा लोड रहेको हार्डवेयर तथा खुद्रा सामानहरुको बिल बिजक संकास्पद देखिएको थियो ।

सामानसहित ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया,बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

Leave a review