बारा प्रहरीले अवैध भन्सार छलिका रेडिमेड तयारी कपडा सहित एक जनालाई बुधवार पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रआदर्श बाराबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला आदर्शकोतवाल गाउँपालिका वडा नं. ६ स्थित सडक खण्डमा चेकजाँज गर्ने क्रममा झण्डै एक लाख १० हजार मुल्य बरावरको रेडिमेट कपडा पक्राउ गरिएको हो ।
भारतबाट भन्सार छलि अवैध रुपमा नेपाल ल्याउदै गरेको अवस्थामा प्रहरीले बुधवार सोही कपडा तस्करीमा संलग्न सिम्रौनगढ नगरपालिका वडा नं. १० बस्ने वर्ष १९ को राजु प्रसाद यादवलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले लताकपडा ओसारपोसारमा प्रयोग गरिएको ना.४९ प १९०४ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिईको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई बरामद कपडा तथा मोटरसाइकल सहित भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय बिरगंज पर्सामा पठाइएको बारा प्रहरीले जनाएको छ ।