प्रणामी सिङ्गिङ् आइकनमा दार्जिलिङ्गकी गुरुङ भईन प्रथम

साझेदारी दैनिक
साझेदारी दैनिक 929 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

नेपालमा पहिलो पटक अन्तराष्ट्रिय धार्मिक रियालिटी सो सम्पन्न भएको छ । प्रणामी समाजको पहिलो धार्मिक रियालिटी सो अन्तरगत प्रणामी सिङ्गिङ् आइकन कार्यक्रम सम्पन्न भएको हो ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, प्रणामी युवा परिषद् नेपाल र श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति नेपालको संयुक्त आयोजनामा तथा श्रीकृष्ण प्रणामी निजानन्द धाम नजरपुर र श्रीकृष्ण प्रणामी नवतनधामको सहयोगमा उक्त रियालिटी शो कार्यक्रम संचालन गरिएका थियो ।

उक्त रियालिटी सो अन्तरगत भजन प्रतियोगिता गरिएको हो । गत असोज १३ देखि प्रत्येक बिहीबार बेलुका साँढे ८ बजे दिव्यदर्शन टीभीबाट प्रसारण हुदै आएको प्रणामी सिङ्गिङ् आइकन शो को फाईनल सो सम्पन्न भएको छ । उक्त प्रतियोगिताबाट भारत दार्जिलिङ्गकी बिजेता सिम्रन गुरुङ प्रथम भएकी थिईन ।

डिजिटल अडिसनमा नेपाल र भारतका धैरै प्रतियोगीहरूले भाग लिएका थिए । सो मध्येबाट १२ फाईनल राउण्डमा छनौट भई प्रतिस्पर्धा भएको थियो । रियालिटी शो मा सहभागितहरुले भजन तथा वाणी सेवा पुजा प्रस्तुत गरियको थियो ।

उनीहरु मध्ये सिम्रन पहिलो बन्न सफल भएकी हुन । त्यसैगरी भरत सिक्किमका अर्पण सापकोटा दोस्रो, अचर्ना गौतम तेस्रो, नेपाल भक्तपुरका उत्तम केसी चौथो र नेपाल झापाबाट गुन्जना दाहल पाँचौ बन्न सफल भएको आयोजकले जनाएको छ ।

रियालिटी सो को निर्णायकमा गायिकाद्वय शारदा अधिकारी मैनाली र सविता प्रसाईं सापकोटा रहेका थिए । फाईनल कार्यक्रम राष्ट्रीय नाच घर जमल काठमाडौंमा सम्पन्न भएको थियो ।

बिशेष गरी युवा बर्गलाइ धर्मको मार्गमा लैजान प्रणामी सिङ्गगिङ्ग आईकन रियालिटी सो ले युव बर्गलाई धर्मको माग लाग्न प्रेरण मिल्ने उदेश्य रहेको रियालिटी सो कार्यक्रमका संयोजक भोलानाथ दाहाल बताएका छन ।

प्रतियोगितामा प्रथम हुने सिम्रनले नगद ३ लाख पाईन भने अन्य विजेताहरुलो २ लाख १ लाख क्रमस पुरस्कार स्वरुप हस्तान्तरण गरिएको आयोजनकले जनाएको छ ।

 

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review