मधेश प्रदेशमै पहिलोपटक जीतपुरसिमरा उपमहानगरले लोकसेवाको बैकल्पिक उम्मेदवारलाई दियो जागिर

साझेदारी दैनिक
साझेदारी दैनिक 197 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादव/
जीतपुरसिमरा उपमहानगरपालिकाले मधेस प्रदेशमै पहिलो पटक लोकसेवाको बैकल्पिक सुचिमा रहेकाहरुहरुलाई करार सेवामा राखेको छ ।

उपमहानगरपालिकालाई आवश्यक ईन्जिनीयर, सब ईन्जिनीर ,नापी अधिकृत ,न्याय अधिकृत ,शिक्षा अधिकृत ,शिक्षा सहायक ,फार्मेसी सहायक,सहायक स्तर चौथो र अमिन पदका ४९ जना कर्मचारी जीतपुरसिमरा उपमहानगरपालिले पदपुर्ति गरेको हो ।

लोक सेवा आयोगबाट छनौट प्रक्रियामा सहभागि भई बैकल्पिक वा अस्थाई सुचीमा रहेका उम्मेदवारहरुमध्ये पहिला आउँनेलाई पहिला नियुक्ति दिने नितीको आधारमा करार सेवामा कर्मचारी छनोट गरिएको नगरप्रमुख राजन पौडेलले जानकारी दिनुभयो । उहाँले छनोट गरेका कर्मचरीहरुलाई नियुक्ति पत्र दिई बिभिन्न वडामा खटाईएको बताउँनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो सातौँ नगर सभाले स्वीकृत गरेको संस्थागत संरचना र दरबन्दी तेरिज बमोजिम रिक्त रहेको पदहरुमा आवेदन माग गरेको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले यस्तो पद्धतीबाट कर्मचारी छनोट गर्दा परिक्षा प्रणालीको बिश्वसनीयता माथि प्रश्न चिन्ह उठाउँने ठाउँ कहीँ पनि नहुने गरेको बताउँनुभयो ।

कुनै किसिमको राजनैतिक दबाबको सामना गर्न नपर्ने ,सही ब्यक्ति सही पदमा जाने ,समय र खर्चको पनि बचत हुने जानकारी दिनुभयो । उहाँले यस क्षेत्रको एउटा पनि स्थानीय कर्मचारीहरु लोकसेवाको बैकल्पिक सुचिमा नपर्नु दुखद बिषय भएको बताउँनुभयो ।

तर यसले सरकारी संस्थामा जागिर खान लोकसेवाको तयारी गर्नुपर्छ भन्ने भावनाको बिकास हुने नगरप्रमुख पौडेलको बिश्वास छ । जीतपुरसिमरा उपमहानगरपालिकाको यस कार्यको चौतर्फि रुपमा प्रशंसा भईरहेको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review