राम मण्डल/
पर्सामा शनिवार ३१ जना कोरोना संक्रमित थपिएका छन । वीरगञ्जको नारायणी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा जिल्लामा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिनेमा २५ जना पुरुष र ५ जना महिलाहरु रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि हुनेमा वीरगंज महानगरपालिका वडा नम्बर ४ का २ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर १४ का ३ जना, वडा नम्बर ९,१०, ११,१२ १६,र २६ का एक ÷एक जना रहेका छन ।
यस्तै एक जना सुरक्षाकर्मीमा समेत संक्रमण देखिएको छ । यसैगरि पर्साको पोखरिया नगरपालिकाका १० जना, कालिकामाई गाउँपालिकाका तीन जना, पटेर्वा सुगौलीका दुई र प्रसौनीका एक जनामा पनि कोरोना संक्रमण पाइएको छ । यो सँगै पर्सामा हालसम्म कोरोना संक्रमितहरुको संख्या २ हजार ९५ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ ।