लिक्विड सरफ तथा हार्पिक बनाउने तालिम संचालन

साझेदारी दैनिक
1.9k पाठक संख्या

सन्तोष पाण्डे/

बाराको कोल्हवी वडा नम्बर ८ नयाबस्तिमा शनिबार एक कार्यक्रम बीच लिक्विड सरफ तथा हार्पिक बनाउने तालिम संचालन भएको छ ।

प्रणामी ब्यवसायी संघ जिल्ला कार्यसमिति बाराको आयोजनामा तालिम सन्चालन गरिएको हो । श्रीकृष्ण प्रणामी मन्दिर कोल्हवी ८ नयाबस्तिको प्राङ्गणमा आयोजित उक्त तालिममा ३५ जनाको सहभागिता रहेको थियोे ।

तालिमको प्रणामी ब्यवसायी संघका केन्द्रीय अध्यक्ष विष्णु वाग्लेले उदघाटन गर्नुभएको हो । सो अवसरमा बोल्दै केन्द्रीय अध्यक्ष वाग्लेले सिपमुलक तालिम को माध्यमले आय आर्जन गरि स्वरोजगार बनाउने उदेश्यले उक्त तालिम सन्चालन गरिएको बताउनु भयो ।

तालिम उदघाटन कार्यक्रममा कोल्हवी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष अनुप सुबेदी,संघका केन्द्रीय उपाध्यक्ष कृष्ण घिमिरे, केन्द्रीय सल्लाहकार अर्जन प्रसाद वाग्ले लगायतको उपस्तिथि रहेको थियो ।तालिममा राधिका चौलागाईले प्रशिक्षण दिएकी थिइन् ।

ब्यवसायी संघ बाराका अध्यक्ष जुगलकिशोर लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त तालिम उदघाटन समारोह मा स्वागत मन्तव्य संघका जिल्ला उपाध्यक्ष पन्नालाल कुशवाहले र संचालन मोहन सापकोटाले गरेका थिए ।

 

Leave a review

This will close in 0 seconds