मानवसेवा आश्रममा अभिभावक परिवार कार्यसमिति पुर्नगठन

साझेदारी दैनिक
226 पाठक संख्या

मानवसेवा आश्रममा अभिभावक परिवार पर्साको कार्यसमिति पुर्नगठन गरिएको छ ।

बिहीबार भएको भेलाले वीरगन्जका हरि गौतमको संयोजकत्वमा मानवसेवा आश्रम अभिभावक परिवार पर्साको १५ सदस्यिय कार्यसमिति पुर्नगठन भएको छ ।

यस्तै समितिको सहसंयोजकमा प्रकाश थारु र मिनाक्षी गुप्ता तथा सदस्य सचिवमा पर्सा जिल्ला संयोजक मुना पुलामी रहेकी छन् ।

पुर्नगठित समितिका ससदस्यमा गणेश लाठ (अक्षयकोष प्रवद्र्धन),मुकेश खेतान (भोजनसेवा प्रवद्र्धन),रम्भा मिश्रा (जनसम्पर्क प्रवद्र्धन),सरोज प्रसाद चौधरी (तालिम तथा कार्यक्रम),प्रकाश अमात्य (खरिद समन्वय),उमेश गुप्ता (स्थानीय तह समन्वय),ओम कुमार झा (उद्धार तथा पारिवारिक पुनर्मिलन),तन सरावगी (जिन्सी सामग्री सहयोग प्रवद्र्धन),कमल चौगाई (मासिक योगदान प्रबद्र्धन),प्रकाश खण्डेलवाल (औषधी उपचार प्रवद्र्धन) लगायत चयन भएका हुन ।

भेला मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। सो अवसरमा बोल्दै अधिकारीले मानवसेवा आश्रम पर्सा शाखाको स्थापनाकै समयदेखी आश्रमलाई तन,मन र धनको त्रिवेणीबाट योगदान गर्नुहुने सम्पूर्ण अभिभावक परिवार सदस्यहरुलाई धन्यबाद ज्ञापन गरे।

कार्यक्रमको सञ्चालन मानवसेवा आश्रमका केन्द्रीय सचिव एवं मधेस प्रदेश प्रमुख सुमन बर्तौलाले गरेका थिए ।

यसैगरी भेलाले मानवसेवा आश्रम पर्साका संस्थापक अभिभावक परिवार संयोजक समेत रहेका प्रा.डा दिपक शाक्य,समाजसेवी सञ्जय खेतान,वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंह, प्रदेश सभा सदस्य रमेश कुर्मी र प्रतिनिधि सभा सदस्य माननीय विना जैसवाललाई संरक्षकमा मनोनयन गरिएको आश्रम पर्साले जनाएको छ ।

Leave a review